8 त्यहाँ नितान्त एउटा एकलो मानिस थियो;
उसको न छोरो, न त दाजुभाइ थिए।
उसको परिश्रमको अन्त्य थिएन;
तापनि उसका आँखाहरू आफ्नो धनसम्पत्तिमा सन्तुष्ट थिएनन्।
उसले आफैँलाई सोध्यो, "म कसका निम्ति परिश्रम गरिरहेको छु?
र किन आफैँलाई जीवनका आनन्दबाट वञ्चित गर्दैछु?"
यो पनि अर्थहीन छ,
एक दुःखदायी कुरा हो।