5 तब फारोकी छोरी नुहाउनलाई नील नदीमा आइन्, र तिनका दासीहरू नदीका किनारतिर हिँड्दैथिए। तिनले काँसघारीहरूका बीचमा टोकरी देखिन्, र आफ्नी दासीलाई त्यो लिन पठाइन्।
10 बालक ठूलो भएपछि तिनले त्यसलाई फारोकी छोरीकहाँ लगिन्, र ऊ तिनको छोरा भयो, र "मैले उसलाई पानीबाट बाहिर निकालेकी हुँ" भन्दै तिनले उसको नाम मोशा राखिन्।