समागम पाल
1 "तैँले दश वटा मसिनो गरी बाटेका सुती, निलो, बैजनी र रातो धागोका पर्दाबाट दक्ष शिल्पकारद्वारा बनाइएका करूबहरूसहित समागम पाल बनाउनू।
7 "समागम पालमाथिको पालको लागि बाख्राको भुत्लाबाट जम्मा एघार वटा पर्दाहरू बनाउनू। 14 पालको निम्ति भेडाको रातो रङ्गाइएको छालाबाट छत बनाउनू; र त्यसमाथि सीलका छालाहरूबाट छत बनाउनू।
15 "समागम पालका निम्ति बबुल काठको ठाडो फल्याकहरू बनाउनू।
31 "निलो, बैजनी अनि रातो धागो र मसिनो गरी बाटेको सुती कपडा; अनि दक्ष शिल्पकारद्वारा बनाइएका करूबहरू भएका एउटा पर्दा बनाउनू। 33 पर्दालाई अङ्कुसेले झुण्ड्याएर साक्षी पाटीको सन्दुकलाई पर्दाको पछाडि राख्नू। त्यस पर्दाले पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नेछ।