Pular para o conteúdo
Publicidade

प्रस्थान 27:1-8

होमबलिको वेदी

1 "तैँले बबुल काठको तीन क्यूबिट27:1 लगभग 4 फिट 6 इन्च अग्लो एउटा वेदी बनाउनू; त्यो पाँच क्यूबिट लामो र पाँच क्यूबिट चौडा27:1 लगभग 7 फिट 6 इन्च लामो र 7 फिट 6 इन्च चौडा भएको वर्गाकार होस्। 2 चार कुनामा एक-एक वटा सिङ बनाउनू, ताकि सिङहरू र वेदी एउटै टुक्राको होस्; अनि वेदीलाई काँसोले मोहोर्नू। 3 त्यसका सबै भाँडाहरू काँसाको बनाउनू—त्यसका खरानी उठाउने भाँडाहरू र त्यसका बेल्चाहरू, पानी छर्कने बाटाहरू, मासुको लागि काँटाहरू र आगो राख्ने पात्रहरू। 4 त्यसका लागि काँसोको जालीबाट एउटा झिँजा बनाउनू, र जालीका चारै कुनामा एक-एक वटा काँसाका मुन्द्राहरू बनाउनू। 5 त्यसलाई वेदीको मुन्तिर यस प्रकारले लगाउनु कि त्यो वेदीको आधा भागसम्म आओस्। 6 वेदीका निम्ति बबुल काठका डण्डाहरू बनाएर तिनीहरूलाई काँसोले मोहोर्नू। 7 ती डण्डाहरूलाई मुन्द्राहरूमा यस्तो किसिमले छिराउनू कि वेदीलाई बोक्दा तिनीहरू वेदीका दुई छेउमा होऊन्। 8 फल्याकहरूसित तैँले त्यसलाई खोक्रो गरी बनाउनू। यो तँलाई पर्वतमा देखाइदिएजस्तै गरी बनाउनू।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.