Pular para o conteúdo
Publicidade

प्रस्थान 27:9-18

आँगन

9 "समागम पालको लागि एउटा आँगन बनाउनू। त्यसको दक्षिणी भाग एक सय क्यूबिट लामो27:9 लगभग 150 फिट लामो बनाउनू र त्यसमा मसिनो गरी बाटेको सुती कपडाको पर्दा बनाउनू। 10 त्यस पर्दाका लागि बीस वटा खम्बा र काँसाका बीस वटा आधारहरू बनाउनू; अनि ती खम्बाहरूमा चाँदीका अङ्कुसेहरू र फित्ताहरू हुनुपर्छ। 11 उत्तरको भाग पनि एक सय क्यूबिट लामो27:11 लगभग 150 फिट लामो र त्यसमा पर्दाहरू हुनुपर्छ; अनि ती पर्दाहरूका लागि बीस वटा खम्बाहरू र काँसाका बीस वटा आधारहरू र ती खम्बाहरूमा चाँदीका अङ्कुसे र फित्ताहरू हुनुपर्छ।

12 "आँगनको पश्‍चिमी भागका पर्दाहरू पचास क्यूबिट चौडा27:12 लगभग 75 फिट चौडा हुनुपर्छ। त्यसमा दश वटा खम्बाहरू र दश वटा आधारहरू हुनुपर्छ। 13 पूर्वतिर, सूर्योदयतर्फ पनि पचास क्यूबिट चौडा27:13 लगभग 75 फिट चौडा हुनुपर्छ। 14 मूलढोकाको एकापट्टिका पर्दाहरू पन्ध्र क्यूबिट27:14 लगभग 22 फिट 6 इन्च लामा हुनुपर्छ; जसका तीन वटा खम्बाहरू र तीन वटा आधारहरू हुनुपर्छ, 15 अनि तीन वटा खम्बाहरू र तीन वटा आधार भएका पन्ध्र क्यूबिट27:15 लगभग 22 फिट 6 इन्च लामा पर्दाहरू अर्कोतिर होऊन्।

16 "आँगनको प्रवेशद्वारका लागि चार वटा खम्बाहरू र चार वटा आधारहरू भएका, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो बाटेको सुती कपडामा बुट्टा भर्नेको शिल्पकारी भएको बीस क्यूबिट लामो27:16 लगभग 30 फिट लामो एउटा पर्दा बनाउनू। 17 आँगनको चारैतिरका सबै खाँबाहरूमा चाँदीका अङ्कुसे र फित्ता र काँसाका आधारहरू बनाउनू। 18 आँगन एक सय क्यूबिट लामो र पचास क्यूबिट चौडा27:18 लगभग 150 फिट लामो र 75 फिट चौडा हुनुपर्छ; त्यसमा काँसाका आधार भएका मसिनो बाटेका सुती कपडाका छ क्यूबिट27:18 लगभग 7 फिट 6 इन्च अग्ला पर्दाहरू हुनुपर्छ।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.