धूपको वेदी
1 "तैँले धूप बाल्नलाई बबुल काठको एउटा वेदी बनाउनू। 6 वेदीलाई साक्षी पाटीको सन्दुकको अगिल्तिर भएको पर्दाको सामु राख्नू। साक्षी पाटीको माथि रहेको पाप समाधान-स्थानको सामु, जहाँ म तँसित भेट गर्नेछु।
7 "हारूनले प्रत्येक बिहान बत्तीहरू मिलाउँदा वेदीमा सुगन्धित धूप जलाओस्। 8 त्यसले साँझमा बत्तीहरू बाल्दा फेरि धूप जलाओस् र आउने पुस्ताहरूका लागि याहवेहको सामु धूप नियमित रूपले जल्नेछ। 10 हारूनले वर्षमा एकपल्ट सिङहरूमा प्रायश्चित गर्नेछ। यो वार्षिक प्रायश्चित आउने पुस्ता-पुस्ताका लागि प्रायश्चितको पाप शुद्धीकरण बलिको रगतसित गरिनुपर्छ। याहवेहका निम्ति यो अति पवित्र हो।"