बजलेल र ओहोलीआब
1 तब याहवेहले मोशालाई भन्नुभयो, 2 "हेर्, मैले यहूदा कुलको हूरको नाति ऊरीको छोरा बजलेललाई चुनेको छु। 3 अनि मैले त्यसलाई मेरो आत्मा, बुद्धि, समझ, ज्ञान र कारिगरीका सबै दक्षताले भरेको छु। 4 त्यसले सुन, चाँदी र काँसोका कामहरू, 5 पत्थर काटेर जड्ने काम, काठको काम, र सबै किसिमका कारिगरी गर्नेछ। 6 यसबाहेक त्यसलाई सघाउन भनी मैले दानको कुलको अहीसामाकको छोरा ओहोलीआबलाई नियुक्त गरेको छु।
"मैले तँलाई आज्ञा गरेका सबै कुरा बनाउनलाई सबै दक्ष कामदारहरूलाई पनि मैले सिप दिएको छु: