37 किनकि धर्मशास्त्रमा लेखिएको छ,
अब केही बेरमा,
"उहाँ, जो आउँदैहुनुहुन्छ, आउनुहुनेछ,
विलम्ब गर्नुहुनेछैन।"10:37 यशै 26:20; हब 2:3
38 र,
"तर मेरो धर्मी जनचाहिँ विश्वासद्वारा नै जिउनेछ।
अनि जो पछि हट्छ,
म ऊसँग प्रसन्न हुनेछैनँ।"10:38 हब 2:4
39 तर हामीचाहिँ पछि हट्ने र नष्ट हुनेमध्येका होइनौँ, तर विश्वासद्वारा हाम्रो प्राण बचाइएकाहरू मध्येका हौँ।