17 विश्वासैद्वारा अब्राहामले, तिनको परमेश्वरद्वारा जाँच हुँदा इसहाकलाई बलिदानको रूपमा चढाइहालेका थिए। अब्राहाम, जसले प्रतिज्ञालाई अँगालेका थिए, तिनैले आफ्नो एउटै पुत्रलाई बलिदान चढाउन तयार भएका थिए; 18 यद्यपि परमेश्वरले तिनलाई भन्नुभएको थियो, "इसहाकबाट नै तेरो वंशको नाम रहनेछ।"11:18 उत्प 21:12 19 परमेश्वरले मरेकाहरूलाई पनि जीवित पार्न सक्नुहुन्छ भनी अब्राहामले तर्क गरेर सोचे, र एक अर्थमा इसहाकलाई मृत्युबाट फिर्ता पाए।