5 पिताले आफ्नो पुत्रलाई भनेझैँ तिमीहरूलाई भनिएका परमेश्वरको ढाडसका वचन तिमीहरूले पूरै भुलिसक्यौ?
"हे मेरा छोराछोरी, परमेश्वरको अनुशासनलाई हल्का नठान;
अनि उहाँले तिमीलाई हप्काउँदा हताश नहोऊ;
6 किनकि परमेश्वरले आफूले प्रेम गरेकाहरूलाई अनुशासन गर्नुहुन्छ;
अनि आफूले पुत्र भनी ग्रहण गरेकाहरूलाई उहाँले दण्ड दिनुहुन्छ।"12:6 हितो 3:11, 12
7 कठिनाइलाई अनुशासन ठानी भोग; किनकि परमेश्वरले तिमीहरूलाई सन्तानहरूझैँ व्यवहार गर्दै हुनुहुन्छ। पिताले अनुशासनमा नराखेको कुनचाहिँ छोरा होला र? 8 अनि सबै जना अनुशासनको भागी भएर जान्छन्; यदि तिमीहरूलाई अनुशासनमा राखिएन भने तिमीहरू वैधानिक होइनौ, साँचो छोराछोरीहरू होइनौ। 9 यसबाहेक हामीलाई अनुशासन राख्ने हाम्रा शारीरिक बुबाहरू थिए, र हामीले तिनीहरूलाई आदर गर्यौँ भने झन् कति बढी हाम्रा आत्माहरूका पिताको अधीनमा रहनुपर्छ र जिउनुपर्छ!