16 इच्छापत्रको विषयमा चाहिँ यसलाई बनाउनेको मृत्यु प्रमाणित भएको हुनुपर्छ; 17 किनकि कोही मरेपछि मात्र इच्छापत्र प्रयोगमा आउँछ; यसलाई बनाउने जीवित रहुन्जेल त्यो कहिल्यै पनि प्रयोगमा आउँदैन। 18 यसैकारण पहिलो करार पनि रगतविना कार्यान्वयन भएको थिएन। 19 जब मोशाले सबै मानिसहरूलाई व्यवस्थाको हरेक आज्ञा घोषणा गरे, तब तिनले पानी, रातो ऊन र हिसपका हाँगाहरूसित बाछाहरूको रगत लिए, र त्यो चर्मपत्र र सबै मानिसहरूमाथि छर्किदिए। 20 तिनले भने, "यो करारको रगत हो, जुनचाहिँ परमेश्वरले तिमीहरूलाई पालन गर्नू भनेर आज्ञा दिनुभएको छ।"9:20 प्रस 24:8