17 चाहे नेभाराको रूखमा मुनाहरू नलागोस्,
र अङ्गुरको बोटमा फल नफलोस्;
चाहे जैतुनको रूखले फल नफलाओस्,
र खेतबारीले अन्नबाली नउब्जाओस्,
चाहे खोरमा भेडाबाख्रा
र गोठहरूमा गाईबस्तु नरहून्।
18 तापनि म याहवेहमा रमाउनेछु।
मेरो उद्धारकर्ता परमेश्वरमा आनन्दित हुनेछु।
19 प्रभु याहवेह मेरो बल हुनुहुन्छ;
उहाँले मेरा खुट्टालाई हरिणीका खुट्टाझैँ बनाउनुहुन्छ;
उहाँले मलाई अग्ला-अग्ला स्थानहरूमा हिँड्न सक्षम बनाउनुहुन्छ।
सङ्गीत निर्देशकको निम्ति। मेरो तारवाला बाजामा बजाइने राग।