5 येशूले आँखा उठाएर हेर्नुभयो र एउटा ठूलो भीड आफूतिर आउँदैगरेको देखेर उहाँले फिलिपलाई भन्नुभयो, "यी मानिसहरूलाई खानका निम्ति हामीले रोटी कहाँबाट किनौँ?" 6 उहाँले तिनलाई जाँच्नका लागि मात्र यो कुरा सोध्नुभएको थियो। किनकि उहाँले जे गर्न लाग्नुभएको थियो, त्यो उहाँलाई थाहा थियो।
7 फिलिपले उहाँलाई भने, "दुई सय दिनारले6:7 दिनार एक दिनार बराबर एक दिनको ज्याला प्रत्येकलाई एक-एक गाँस पुग्नेजति रोटी किन्न पनि पर्याप्त हुँदैन!"