5 तिनीहरूले जवाफ दिए, "यहूदियाको बेथलेहेममा, किनकि अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्:
6 " ‘तर यहूदा प्रदेशमा भएको, ए बेथलेहेम,
तँ कुनै किसिमले पनि यहूदाका शासकहरूमध्ये सानो छैनस्;
किनकि तँबाट एक जना शासक आउनुहुनेछ,
जो मेरा मानिस, इस्राएलका गोठाला हुनुहुनेछ।’2:6 मीका 5:2, 4"