20 किनकि सृष्टिलाई श्राप पर्यो, यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले यसलाई अधीनमा राख्नुभयो, यस आशामा, 21 कि सृष्टि स्वयम् पनि विनाशको दासत्वबाट मुक्त भएर परमेश्वरका सन्तानका महिमित स्वतन्त्रता प्राप्त गर्न सकोस्।
22 हामी जान्दछौँ, सारा सृष्टि अहिलेसम्म प्रसव पीडामाझैँ छटपटिरहेको छ।