5 यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्की दिनुहुने परमेश्वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ। 6 तर जब कसैले माग्छ, त्यसले विश्वास गर्नुपर्छ र शङ्का गर्नुहुन्न; किनकि शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दै गरेको समुद्रको छालजस्तै हो। 7 त्यस मानिसले प्रभुबाट केही पाउँछु भनी नसोचोस्। 8 दोहोरो मन भएको मानिस उसका सबै कामहरूमा अस्थिर हुन्छ।
Publicidade
Publicidade