10 किनकि कसैले व्यवस्थाका सबै कुरा पालन गर्दछ, तर एउटै कुरामा पनि त्यो चुक्छ भने त्यो सम्पूर्ण व्यवस्था उल्लङ्घन गर्नेजस्तै दोषी हुनेछ। 11 किनकि जसले "व्यभिचार नगर्नू"2:11 प्रस 20:14; व्यव 5:18 भन्नुभयो, उहाँले "मानव हत्या नगर्नू"2:11 प्रस 20:13; व्यव 5:17 पनि भन्नुभयो। यदि तिमीहरू व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरू व्यवस्था उल्लङ्घन गर्नेहरू भयौ।
12 स्वतन्त्रता दिने व्यवस्थाद्वारा तिमीहरू जाँचिनेछौ भनेर त्यही किसिमले बोल र काम गर;