Tristeza
A tristeza faz parte da experiência humana, mas a Bíblia nos assegura que Deus está perto dos que sofrem. Ele enxuga as lágrimas e transforma a dor em esperança.
Deus consola os aflitos
O Senhor está perto dos quebrantados de coração. Mesmo no vale mais escuro, sua presença é refúgio e consolo para a alma que chora.
धर्मी जनहरूले पुकार गर्दछन्, याहवेहले तिनीहरूको पुकार सुन्नुहुन्छ;
तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार गर्नुहुन्छ।
याहवेह हृदय टुटेकाहरू सबैका नजिक हुनुहुन्छ,
र आत्मामा पिसिएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
याहवेहले दृष्टिविहीनहरूका आँखा खोलिदिनुहुन्छ;
र दबिएकाहरूलाई उठाउनुहुन्छ;
याहवेहले धर्मी जनहरूलाई प्रेम गर्नुहुन्छ।
हे प्रभु, मेरा सबै इच्छा तपाईंको अगि खुलस्त छन्;
मेरा सुस्केरा तपाईंबाट लुकेको छैन।
शोक गर्नेहरू धन्य हुन्,
किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।
"फर्किएर मेरा मानिसहरूका अगुवा हिजकियालाई भन्, ‘याहवेह, तेरा पुर्खा दावीदका परमेश्वर यसो भन्नुहुन्छ: मैले तेरो प्रार्थना सुनेको छु र तेरो आँसु देखेको छु; म तँलाई निको पार्नेछु। आजको तेस्रो दिन तँ याहवेहको मन्दिरमा उक्लेर जानेछस्।
A alegria virá
A dor tem prazo de validade. A manhã de alegria sempre vem depois da noite de choro. Deus promete transformar o luto em dança.
किनकि उहाँको क्रोध क्षणभरको निम्ति मात्र रहन्छ;
तर उहाँको कृपादृष्टि जीवनभरि नै रहन्छ;
रुवाइ रातभरि मात्र रहन्छ,
तर बिहान आनन्द आइहाल्छ।
तब मैले सिंहासनबाट चर्को सोरले यसो भनिरहेको सुनेँ, "हेर! अब परमेश्वरको बास मानिसहरूसित भएको छ, र उहाँ तिनीहरूसित बस्नुहुनेछ। तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्वर आफैँ नै तिनीहरूसित तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब फेरि त्यहाँ न मृत्यु, न शोक, न विलाप अथवा न कष्ट नै हुनेछ; किनकि पुराना कुराहरू बितिसकेका छन्।"
‘तिनीहरू फेरि कहिल्यै भोकाउने छैनन्;
तिनीहरू फेरि कहिल्यै तिर्खाउनेछैनन्।
तिनीहरूलाई सूर्यको प्रचण्ड तापले पोल्नेछैन।’
किनकि सिंहासनको बीचमा हुनुहुने थुमा
तिनीहरूका गोठाला हुनुहुनेछ;
‘उहाँले तिनीहरूलाई जिउँदो पानीको स्रोतसम्म डोर्याउनुहुनेछ।’
‘अनि परमेश्वर आफैँले तिनीहरूका आँखाहरूबाट सबै आँसुहरू पुछिदिनुहुनेछ।’"
दुःखले पूर्ण भएका जस्ता, र पनि सधैँ आनन्दित हुनेजस्ता, गरिबजस्ता, र पनि धेरैलाई धनी बनाउनेजस्ता, केही नभएका जस्ता, र पनि सबै थोक भएका जस्ता छौँ।
Entregando a dor a Deus
Podemos lançar sobre o Senhor toda nossa ansiedade e tristeza, porque Ele cuida de nós com ternura e não nos abandona.
तिमीहरूका सबै चिन्ता उहाँमाथि राख; किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।
याहवेह आफैँ तिम्रो अगि जानुहुनेछ र तिमीसँग हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ। यसकारण तिमी नडराऊ; हतोत्साहित नहोऊ।"
आनन्द गर्नेहरूसँग आनन्दित होओ, र रुनेहरूसँग रोओ।
O choro e o arrependimento
Há tristezas que produzem arrependimento e conduzem à vida. O choro diante de Deus é acolhido e transformado em bênção.
"अहिले पनि," याहवेह घोषणा गर्नुहुन्छ,
"तिमीहरूको सारा हृदयले,
उपवास बसेर रुँदै र विलाप गर्दै मतिर फर्क।"
दाखको बोट सुकेको छ,
र नेभाराको रूख ओइलाएको छ;
अनार, खजूर र स्याउका रूखहरू,
खेतबारीका सबै रूखहरू सुकेका छन्।
निश्चय नै मानिसको
आनन्दको अन्त्य भएको छ।
तब इयोब उठे, र आफ्नो लबेदा च्याते, र आफ्नो केश खौरे। त्यसपछि तिनी भुइँमा दण्डवत् गर्न घोप्टो परे, अनि तिनले भने:
"म मेरी आमाको गर्भबाट नाङ्गै आएँ,
र नाङ्गै फर्केर जानेछु।
याहवेहले नै मलाई सबै थोक दिनुभयो, र याहवेहले नै सबै थोक लैजानुभयो;
याहवेहको नामको प्रशंसा होस्।"
सोलोमनका हितोपदेश:
बुद्धिमान् छोराछोरीले आफ्ना बुबालाई खुशी तुल्याउँछन्,
तर मूर्ख छोराछोरीले आफ्नी आमालाई पिरोल्छन्।
किनकि धेरै बुद्धिले धेरै शोक ल्याउँछ;
र धेरै ज्ञानले त्यससँगै धेरै कष्ट पनि बढाउँछ।
यसकारण अब आफ्ना हृदयबाट चिन्ता-फिक्रीलाई पर राख,
र शरीरका कष्टहरूलाई पनि फ्याँकिदेऊ;
किनकि युवावस्था र जोश पनि अर्थहीन हुन्।
अनि परमेश्वरको पवित्र आत्मालाई दुःखी नबनाओ, जसद्वारा तिमी मुक्तिको दिनका लागि छाप लगाइएका छौ।