8 प्रत्येक जीवित प्राणीका छ वटा पखेटाहरू थिए; अनि ती चारैतिर, पखेटा भित्रपट्टि पनि आँखाहरूले ढाकिएका थिए। रातदिन तिनीहरूले नरोकीकन यसो भनिरहन्थे:
"पवित्र, पवित्र, पवित्र,
सर्वशक्तिमान् प्रभु परमेश्वर,
जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ, र जो हुनआउनुहुनेछ।"4:8 यशै 6:3