2 तिनको शासनकालको पहिलो वर्षमा, म, दानिएलले यर्मिया अगमवक्तालाई याहवेहद्वारा दिइएको वचनअनुसार धर्मशास्त्रबाट यो बुझेँ, कि यरूशलेमको उजाड अवस्था सत्तरी वर्षसम्म रहनेछ। 3 यसकारण म उपवाससाथ भाङ्ग्रा लगाएर खरानी धसी प्रार्थना र अन्तर्बिन्ती गर्दै याहवेह परमेश्वरतिर फर्केँ।
Publicidade