11 परमेश्वरका सारा हातहतियार धारण गर, ताकि तिमीहरू शैतानका युक्तिहरूको विरुद्धमा खडा हुन सक। 12 किनकि हाम्रो लडाइँ मानिसहरूका6:12 मूल भाषामा शरीर र रगत विरुद्धमा होइन, तर शासकहरूका विरुद्ध, अधिकारीहरूका विरुद्ध, संसारका अन्धकारका शक्तिहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा दुष्टताको आत्मिकी सेनाहरूका विरुद्ध हो।