5 तैँले रोज्नुपर्ने पशु खोटरहितको एकवर्षे पाठो हुनुपर्छ; अनि तैँले त्यो भेडा अथवा बाख्राबाट लिन सक्नेछस्। 6 तिनीहरूलाई तिमीहरूले महिनाको चौधौँ दिनसम्म रेखदेख गर्नू, र इस्राएलको समुदायका सबै मानिसहरूले तिनीहरूलाई साँझपख मारून्। 7 तब तिनीहरूले केही रगत लिएर जुन घरमा तिनीहरूले थुमा खान्छन्, त्यसका चौकसका दुई पट्टिका र माथिल्ला भागहरूमा लगाऊन्।
Publicidade
Publicidade