13 मोशाले मानिसहरूलाई जवाफ दिए, "नडराओ, दृढतासाथ खडा रहो। आज याहवेहले तिमीहरूमा ल्याउनुहुने छुटकारा तिमीहरूले देख्नेछौ। तिमीहरूले आज देखेका इजिप्टियनहरूलाई फेरि कहिल्यै देख्नेछैनौ। 14 याहवेहले तिमीहरूका पक्षमा युद्ध गर्नुहुनेछ; तिमीहरू केवल शान्त होऊ।"