4 तब याहवेहले मोशालाई भन्नुभयो, "म तिमीहरूका लागि स्वर्गबाट रोटी बर्साउनेछु। यी मानिसहरू हरेक दिन बाहिर जाऊन्, र त्यस दिनको भाग बटुलून्; ताकि तिनीहरूले मेरा आज्ञाहरू मान्छन् कि मान्दैनन् भनी म तिनीहरूलाई जाँच्न सकूँ। 5 छैटौँ दिनमा तिनीहरूले जे भित्र ल्याउनेछन्, त्यसलाई तयार पारून्; र त्यो अरू दिन बटुलेको भन्दा दोबर होस्।"