2 अनि तिनी गर्भवती भइन् र एउटा छोरो जन्माइन्। जब तिनले त्यस बालकलाई सुन्दर देखिन्, तब तिनले त्यसलाई तीन महिनासम्म लुकाइराखिन्। 3 तर जब तिनले त्यसलाई अझै लुकाउन सकिनन्, तब तिनले त्यसको निम्ति एउटा काँसको टोकरी ल्याइन् र त्यसलाई लिसाइलो माटो र अलकत्राले लिपिन्। तब तिनले त्यस बालकलाई त्यसमा हालेर नील नदीको किनारमा अग्ला काँसघारीहरूका बीचमा राखिदिइन्।