8 शब्बाथ दिनलाई पवित्र दिनको रूपमा राखेर त्यसको सम्झना गर्नू। 9 छ दिनसम्म तैँले परिश्रम गरेर आफ्ना सबै काम गर्नू; 10 तर सातौँ दिन याहवेह तेरा परमेश्वरका निम्ति शब्बाथ दिन हो। यस दिन तैँले केही काम नगर्नू; न त तैँले, न तेरा छोरा वा छोरीले, न तेरा सेवक वा सेविकाले, न तेरा पशुहरूले, न तेरा सहरभित्र भएका परदेशीले, न त कसैले केही काम गर्नू।