13 मोशाले परमेश्वरलाई भने, "यदि मैले गएर इस्राएलीहरूलाई ‘तिमीहरूका पितापुर्खाहरूका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो’ भनुँला, र तिनीहरूले मलाई ‘उहाँको नाम के हो?’ भनी सोध्लान्, तब म तिनीहरूलाई त्यस बेला के भनूँ?"
14 परमेश्वरले मोशालाई भन्नुभयो, "म हुँ, जो म हुँ। तैँले इस्राएलीहरूलाई भन्नू: ‘म हुँ भन्नेले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ "