बजलेल र ओहोलीआब
1 तब याहवेहले मोशालाई भन्नुभयो, 2 "हेर्, मैले यहूदा कुलको हूरको नाति ऊरीको छोरा बजलेललाई चुनेको छु। 3 अनि मैले त्यसलाई मेरो आत्मा, बुद्धि, समझ, ज्ञान र कारिगरीका सबै दक्षताले भरेको छु। 4 त्यसले सुन, चाँदी र काँसोका कामहरू, 5 पत्थर काटेर जड्ने काम, काठको काम, र सबै किसिमका कारिगरी गर्नेछ।