9 मेरो प्रार्थना यही छ: ज्ञान र अन्तर्दृष्टिको गहिराइमा तिमीहरूको प्रेम झन्-झन् प्रशस्त हुँदै जाओस्। 10 यस उद्देश्यले कि तिमीहरूले जे उत्तम छ, त्यो छुट्याउन सक; ताकि ख्रीष्टको पुनरागमनमा तिमीहरू शुद्ध र दोषरहित रहन सक। 11 अनि परमेश्वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हुन सक।
Publicidade