35 यसकारण आफ्नो आत्मविश्वास नत्याग, जसमा ठूलो प्रतिफल छ।
36 तिमीहरूले स्थिर भइरहनु खाँचो छ; किनकि तिमीहरूले परमेश्वरको इच्छा पूरा गरिसकेपछि उहाँले प्रतिज्ञा गर्नुभएको कुरा प्राप्त गर्नेछौ। 37 किनकि धर्मशास्त्रमा लेखिएको छ,
अब केही बेरमा,
"उहाँ, जो आउँदैहुनुहुन्छ, आउनुहुनेछ,
विलम्ब गर्नुहुनेछैन।"
38 र,
"तर मेरो धर्मी जनचाहिँ विश्वासद्वारा नै जिउनेछ।
अनि जो पछि हट्छ,
म ऊसँग प्रसन्न हुनेछैनँ।"
39 तर हामीचाहिँ पछि हट्ने र नष्ट हुनेमध्येका होइनौँ, तर विश्वासद्वारा हाम्रो प्राण बचाइएकाहरू मध्येका हौँ।