येशू महान् प्रधान पुजारी
14 यसकारण आकाश छिचोलेर जानुहुने परमेश्वरका पुत्र येशू, महान् प्रधान पुजारी, हामीसँग हुनुभएकोले हामीले स्वीकार गरेको विश्वासलाई दृढतापूर्वक थामिराखौँ। 15 किनकि हामीसँग हाम्रा दुर्बलताहरूमा सान्त्वना दिन नसक्ने प्रधान पुजारी होइन, तर हामीसँग यस्ता प्रधान पुजारी हुनुहुन्छ, जो हामीझैँ हरेक प्रकारले परीक्षित हुनुभएर पनि पापरहित हुनुहुन्छ।