21 "म तिमीहरूका धार्मिक चाडहरूलाई तुच्छ ठान्छु;
मेरा लागि तिमीहरूका सभाहरू दुर्गन्धजस्तै हो।
22 तिमीहरूले मेरा निम्ति होमबलि र अन्नबलिहरू चढाए पनि,
म ती बलिहरू ग्रहण गर्नेछैनँ।
तिमीहरूले अति असल बाछाको मेलबलिहरू चढाए तापनि
म ती बलिहरूलाई वास्ता गर्नेछैनँ।