2 सर्वोच्च परमेश्वरले मेरा निम्ति गर्नुभएका अलौकिक चिन्हहरू र देखाउनुभएको अद्भुत कार्यहरूका बारेमा तिमीहरूलाई बताउनु मेरो निम्ति आनन्दको कुरा हो।
3 उहाँका अलौकिक चिन्हहरू कति महान् छन्!
उहाँका अद्भुत कार्यहरू कति शक्तिशाली छन्!
उहाँको राज्य अनन्तको राज्य हो;
उहाँको प्रभुत्व पुस्तादेखि पुस्तौँसम्म रहन्छ।