4 पुस्ताहरू आउँछन्, र पुस्ताहरू जान्छन्;
तर पृथ्वी सदासर्वदा रहिरहन्छ।
5 सूर्य उदाउँछ, र सूर्य अस्ताउँछ;
अनि जुन ठाउँबाट उदाएको थियो फेरि हतारिँदै आफ्नै ठाउँतिर फर्किजान्छ।
6 बतास दक्षिणतिर बहन्छ,
र फेरि उत्तरतिर फर्कन्छ;
त्यो फन्को मार्दै,
फेरि फन्को मार्दै फर्केर आउँछ।
7 सबै नदीनालाहरू बगेर समुद्रमै जान्छन्,
र पनि समुद्र कहिल्यै भरिँदैन;
जुन स्थानबाट ती नदीनालाहरू आउँछन्,
ती फेरि त्यतैतिर फर्केर जान्छन्।