2 त्यस उजाडस्थानमा सारा इस्राएलीहरू मोशा र हारूनको विरुद्धमा गनगनाए। 3 इस्राएलीहरूले तिनीहरूलाई भने, "हामी इजिप्टमै याहवेहका हातद्वारा मरेका भए असल हुनेथियो! त्यस ठाउँमा छँदा हामी मासुका भाँडाको वरिपरि बस्थ्यौँ, र हामीले अघाउन्जेल भोजन खान्थ्यौँ; तर तपाईंले हामीलाई निकालेर यस उजाडस्थानमा यो सारा समुदायलाई भोकभोकै मार्न ल्याउनुभएको छ।"