31 "म तिमीहरूका सिमाना लाल समुद्रदेखि भूमध्य सागरसम्म,23:31 अथवा पलिश्तीहरूका समुद्र र उजाडस्थानदेखि यूफ्रेटिस नदीसम्मै स्थापित गर्नेछु। म त्यस देशमा बसोबास गर्ने मानिसहरूलाई तिमीहरूका हातमा पारिदिनेछु, र तिमीहरूले तिनीहरूलाई आफ्नो सामुबाट धपाउनेछौ। 32 तिनीहरूसित र तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्नू।
Publicidade