14 याहवेह घोषणा गर्नुहुन्छ, "हे अविश्वासी मानिसहरू हो, फर्क! किनकि म तिमीहरूको पति हुँ। म तिमीहरूलाई एउटा सहरबाट एक जनालाई र एउटा वंशबाट दुई जना गरेर छान्नेछु—अनि म तिमीहरूलाई सियोनमा ल्याउनेछु। 15 त्यसपछि म तिमीहरूलाई मेरो हृदयअनुसारको गोठालाहरू दिनेछु, जसले तिमीहरूलाई ज्ञान र समझकासाथ डोर्याउनेछन्। 16 ती दिनहरूमा, जब देशमा तिमीहरूको संख्या धेरै बढ्नेछ," तब याहवेह घोषणा गर्नुहुन्छ, "मानिसहरूले ‘याहवेहको करारको सन्दुक’ भनेर फेरि कहिल्यै भन्नेछैनन्, न त फेरि कहिल्यै याद गर्नेछन्; त्यो तिनीहरूका मनमा सम्झनास्वरूप कहिल्यै आउनेछैन, न त त्योजस्तै फेरि अर्को कहिल्यै बनाइनेछ।
Publicidade