14 म जन्मेको दिन श्रापित होस्!
मेरी आमाले मलाई जन्म दिनुभएको दिन आशिषित नहोस्!
15 त्यो मानिस श्रापित होस्, जसले मेरो बुबाकहाँ यो खबर ल्यायो,
जसले तिनलाई "तपाईंको एउटा बालक, अर्थात् छोरा जन्मेको छ!"
भन्ने खबरले अति खुशी तुल्यायो।
16 त्यो मानिस याहवेहले दया नगरी
नष्ट गरिदिनुभएका ती सहरहरूजस्तै होस्।
त्यस मानिसले बिहान विलाप
र दिउँसो लडाइँको सोर सुनोस्।
17 किनकि त्यसले मलाई गर्भमा छँदै मारेन,
नत्रता मेरी आमाको गर्भ नै मेरो चिहान हुनेथियो;
अनि म सधैँका निम्ति उहाँकै कोखमा रहने थिएँ।
18 सङ्कष्ट र दुःख देख्न
र अन्त्यमा शर्ममा परेर मर्नलाई
म किन गर्भबाट बाहिर आएँ?