11 किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। "ती योजनाहरू तिमीहरूका उन्नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो। 12 तब तिमीहरू मकहाँ आउनेछौ र प्रार्थना गर्नेछौ; अनि म तिमीहरूको कुरा सुन्नेछु। 13 जब तिमीहरूले मलाई आफ्नो सम्पूर्ण हृदयले खोज्नेछौ, तब तिमीहरूले मलाई भेट्टाउनेछौ।" 14 "मलाई तिमीहरूले भेट्टाउनेछौ, याहवेह घोषणा गर्नुहुन्छ; अनि म तिमीहरूलाई कैदबाट फर्काइल्याउनेछु। तिमीहरूलाई मैले धपाएर पठाएका सबै राष्ट्रहरू र ठाउँहरूबाट भेला गर्नेछु। अनि जुन ठाउँबाट मैले तिमीहरूलाई निर्वासनमा पठाएँ, त्यही ठाउँमा म तिमीहरूलाई फर्काएर ल्याउनेछु," याहवेह घोषणा गर्नुहुन्छ।
Publicidade