3 एफ्राइमलाई आफ्नो अँगालोमा राखेर,
तिनीहरूलाई हिँड्न सिकाउने म नै हुँ;
तर तिनीहरूले जानेनन्,
कि मैले नै तिनीहरूलाई निको पारेको हुँ।
4 मैले तिनीहरूलाई मानवीय प्रेम
र दयाको डोरीले बाँधेर डोर्याएँ;
मैले तिनीहरूलाई एउटा सानो बालकलाई जस्तै
मायाले उठाएर आफ्नो गालामा टसाएँ
र तिनीहरूलाई खुवाउन म निहुरेँ।