12 मैले तिनीहरूलाई भनेँ, "यदि तिमीहरूलाई यो उचित लाग्यो भने मेरो ज्याला मलाई देऊ; तर उचित लागेन भने आफैँ राख।" यसकारण तिनीहरूले मलाई तीस टुक्रा चाँदी दिए।
13 अनि याहवेहले मलाई भन्नुभयो, "यस चाँदीलाई कुमालेको अगि फालिदे," अर्थात् तिनीहरूले मेरो कदर गरेर दिएको बहुमूल्य ज्याला! यसकारण मैले त्यो तीस टुक्रा चाँदी लिएँ, र ती याहवेहको भवनभित्र भएका कुमालेकहाँ फालिदिएँ।