8 असत्य र झूटो कुरा मबाट टाढा राखिदिनुहोस्;
न मलाई गरिबी, न त धनसम्पत्ति नै दिनुहोस्;
तर मलाई केवल दैनिक भोजन दिनुहोस्।
9 नत्रता मसित प्रशस्त भएर मैले तपाईंलाई इन्कार गरुँला,
र भनुँला ‘याहवेह को हुनुहुन्छ र?’
अथवा म गरिब भएर चोरी गरुँला,
र मेरा परमेश्वरको नामको अनादर गरुँला।