10 31:10 10-31 पदहरू एकरोस्टिक कविता हुन्, जसका पदहरू हिब्रू वर्णमालाका क्रमिक अक्षरहरूबाट सुरु हुन्छ। असल चरित्र भएकी पत्नी कसले पाउन सक्छ?
तिनी त माणिकहरूभन्दा बहुमूल्यकी हुन्छिन्।
11 तिनका पतिले तिनीमाथि पूर्ण भरोसा गर्छिन्;
र तिनलाई कुनै मूल्यवान् कुराको अभाव हुँदैन।