8 त्यस्ती स्त्रीको मार्गदेखि टाढै बस,
त्यसको घरको ढोका नजिक जाँदै नजाओ!
9 नत्रता तिमीहरूले आफ्नो इज्जत अर्काका हातमा दिनेछौ,
र तिमीहरूको प्रतिष्ठा निर्दयीको हातमा पर्नेछ,
10 अनि अरूले तिमीहरूको धनसम्पत्तिमा चैन गर्नेछन्,
र तिमीहरूका परिश्रमले अर्काको घरलाई समृद्ध तुल्याउनेछ।
11 जीवनको अन्तिम समयमा तिमीहरूले विलाप गर्नेछौ,
जब तिमीहरू गलेर हाड र छाला हुनेछौ।
12 तब तिमीहरूले भन्नेछौ, "हाय मैले कसरी अनुशासनलाई घृणा गरेँ,
र कसरी मेरो हृदयले सुधारलाई लत्यायो!
13 मैले मेरा शिक्षकहरूको आज्ञापालन गरिनँ,
र मलाई सिकाउनेहरूको कुरामा ध्यानै दिइनँ।
14 परमेश्वरका मानिसहरूको सभामा,
म पूरै सर्वनाशको खाडलमा आइपुगेको छु।"