बुद्धिको हप्काइ
20 बुद्धि बाहिर खुल्ला सडकमा चर्को सोरले कराउँछे;
त्यसले सार्वजनिक चोकहरूमा आफ्नो आवाज उचाल्छे;
21 व्यस्त सडकका अग्ला स्थानमा त्यसले पुकार्दछे;
सहरका मूलढोकाहरूमा त्यसले आफ्नो भाषण गर्छे।
22 तिमी सोझाहरूले कहिलेसम्म आफ्ना मूर्खतालाई प्रेम गरिरहन्छौ?
कहिलेसम्म गिल्ला गर्नेहरू गिल्ला गर्नमै रमाउँछौ?
र मूर्खहरूले ज्ञानलाई घृणा गरिरहन्छौ?
23 मेरो हप्काइ सुनेर पश्चात्ताप गर,
म आफ्ना विचारहरू तिमीहरूलाई खन्याउनेछु;
मेरा शिक्षाहरू तिमीहरूलाई बुझाउनेछु।