6 किनकि याहवेहले बुद्धि दिनुहुन्छ,
अनि उहाँकै मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।
7 उहाँले धर्मीहरूका निम्ति सफलता साँचेर राख्नुहुन्छ;
निर्दोष जीवन जिउनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ,
8 किनकि उहाँले न्यायका मार्गको रक्षा गर्नुहुन्छ,
र उहाँले आफ्ना विश्वासयोग्य जनहरूका मार्ग सुरक्षित राख्नुहुन्छ।