23 यी कुराहरूभन्दा बढी आफ्नो हृदयलाई नै सुरक्षित राख;
किनकि यो नै सारा जीवनको मूल हो।
24 तिम्रो मुखबाट भ्रष्टता टाढै रहोस्,
भ्रष्ट कुराकानी तिम्रो ओठदेखि टाढै रहोस्।
25 तिम्रा आँखाले सीधा अगिल्तिर हेरोस्,
तिम्रो अगिल्तिर सोझै एक टक लगाएर हेरोस्।
26 तिम्रा खुट्टाहरूका निम्ति समतल मार्ग बनाऊ,
र आफ्ना सबै मार्गहरूमा दृढ होऊ!
27 दाहिने अथवा देब्रेतिर नलाग;
सबै दुष्ट कुराबाट आफ्ना खुट्टाहरू अलग राख!