5 बुद्धि प्राप्त गर, समझशक्ति प्राप्त गर;
मेरा वचनहरू नबिर्स, र तिनीहरूदेखि तर्किएर नजाऊ।
6 बुद्धिलाई नत्याग, र यसले तिमीलाई रक्षा गर्नेछ;
यसलाई प्रेम गर, र यसले तिमीलाई पहरा दिनेछ।
7 बुद्धि सर्वोच्च हो, यसकारण बुद्धि प्राप्त गर।
समझशक्तिको लागि तिमीसित भएका कुनै पनि मूल्य चुकाउनुपरे तापनि यसलाई प्राप्त गर।
8 बुद्धिलाई कदर गर, र यसले तिमीलाई उच्च पार्नेछ,
यसलाई ग्रहण गर, र यसले तिम्रो आदर गर्नेछ।