15 आफ्नै भाँडाको पानी पिऊ,
र आफ्नै कुवाबाट बगेको पानी पिऊ!
16 के तिम्रा मुहानहरू सडकतिर,
र तिम्रा मुहानका पानी चोकहरूतिर बगेर जाऊन्?
17 त्यो तिम्रै निम्ति मात्र होस्,
त्यसको साझेदार पराईहरू हुन नपाऊन्।
18 तिम्रो मुहान धन्यको होस्;
र आफ्नो युवाअवस्थाकी पत्नीसित तिमी आनन्दित होऊ!
19 मायालु मृग, राम्री हरिणीजस्तै,
त्यसकै स्तनहरूले तिमीलाई सधैँ सन्तुष्ट राखून्,
तिमी सधैँ त्यसकै प्रेममा मोहित भइबस।
20 हे मेरो छोरा, तिमी किन अर्काकी पत्नीको मोहमा फस्छौ?
तिमी किन स्वेच्छाचारी स्त्रीलाई अँगालो हाल्छौ?