3 किनकि व्यभिचारिणी स्त्रीको ओठबाट मह चुहिन्छ,
र त्यसको बोली तेलभन्दा चिप्लो हुन्छ,
4 तापनि आखिरमा त्यो पित्तजस्तै तितो,
र दुईधारे तरवारजस्तै धारिलो हुन्छ।
5 त्यसका पाउहरू मृत्युको बाटोतिर लाग्छन्,
त्यसका पाइलाहरू सोझै पातालतिर लाग्छन्।
6 त्यसले जीवनको मार्गतिर वास्तै गर्दिन;
त्यसका मार्गहरू अस्थिर छन्, तापनि यो कुरा त्यसले थाहै गर्दिन।